काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक कुमार लामाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “बौलाई हिड्छ्यौ बैंशको झोकले” भर्खरै बजारमा ल्याएका छन् । स्थायी घर नुवाकोट भएका उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्सकहरुको मन जितिसकेका छन् ।

गीतमा लय सर्वप्रिय गायक तथा सर्जक गोकुल राउतको रहेको छ भने शब्द कुमार लामाको नै रहेको छ । कुमार लामा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा कुमार लामा र जानुका तामाङ्गको सुमाधुर स्वर सुन्न सकिन्छ ।

महक रेकडिंग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको म्युजिक भिडियोमा छिरिङ्ग तामाङ्ग, गीता तामाङ्ग, तेजेन्द्र परियार, मन्जिरा घले, बालिका तामाङ्ग, सन्दिप तामाङ्ग, दिनेश तामाङ्ग, करण घ्लान तामाङ्ग, निरज रुम्बा, उत्तम भण्डारी, दिनेश लो, सुनिता तामाङ्ग दिल बहादुर तामाङ्ग, मिलन तामाङ्ग, सुमन तामाङ्ग र निशा तामाङ्गको अभिनय देख्न सकिन्छ ।

यमन खनालको निर्देशनमा तयार भएको “बौलाई हिड्छ्यौ बैंशको झोकले” बोलको गीतको म्युजिक भिडियोलाई मरुभूमिनारायणले छायांकन गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया