केडेमीको आयोजनामा पोखरामा हुनेछ, जहाँ देशभरका उत्कृष्ट क्रिकेट क्लबहरू बीच प्रतिस्पर्धा हुनेछ।
क्लबले यसपटक राष्ट्रिय स्तरको प्रतियोगितामा कप्तान रितेश रायको नेतृत्वमा उत्कृष्ट खेलाडीहरूको टोली लिएर आएको छ। टिममा प्रकाश कार्की, समीर तिम्सिना, मनिष थापा , मृणाल गुरुङ, गौरब कटुवाल, आयुष ढुंगेल लगायत अन्य प्रतिभाशाली खेलाडीहरू समावेश छन्, जसले गर्दा क्लबले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ।
कप्तान रितेश ले टिमको तयारी र आत्मविश्वासबारे कुरा गर्दै भने, “हामी लामो समयदेखि यस प्रतियोगिताको लागि तयारी गरिरहेका छौं। हाम्रो टिममा अनुभवी र युवा खेलाडीहरूको मिश्रित संयोजन छ, जसले गर्दा हामीले राम्रो प्रदर्शन गर्न सक्छौं।”
यसैगरी, टिमका प्रमुख खेलाडी प्रकाश कार्की र समीर तिम्सिनाले बलिङ र ब्याटिङमा आफ्नो प्रभावकारी भूमिका खेल्ने अपेक्षा छ भने मनिष थापा र मृणाल गुरुङले मध्यक्रममा टिमलाई स्थिरता दिनेछन्। युवा प्रतिभा आयुष ढुंगेले पनि अलराउन्डरको रूपमा टिमलाई मजबुत बनाउनेछ।
प्रतियोगिताको आधिकारिक उद्घाटन चैत २३ मा भयको छ, सुन्दरहरैंचा आइडियल्सले आफ्नो पहिलो खेल सि. वाइ.सि अत्तरिया विरुद्ध बैशाख १ गते खेल्नेछ। क्रिकेट प्रेमीहरूले पनि यो प्रतियोगिता नजिकबाट हेर्न पोखरा पुग्ने अपेक्षा गरिएको छ।
यो राष्ट्रिय टूर्नामेन्ट सुन्दरहरैंचा आइडियल्स क्लबका लागि आफ्नो क्षमता प्रमाणित गर्ने ठूलो अवसर हो। टिमले यसअघि स्थानीय तथा क्षेत्रीय प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गरेको छ, अब राष्ट्रिय स्तरमा पनि उत्कृष्टता हासिल गर्ने लक्ष्य राखेको छ।