- महेश भट्टराई

काठमाण्डू, २०८१ चैत २६ गते मंगलबार ।  नेपाल बार एसोसिएसनको जारी मतगणनाअनुसार महिला सदस्य पद (उपत्यका बाहिर ) का लागि अधिवक्ता श्री इन्दिरा आचार्य र अधिवक्ता श्री कला त्रितालबीच प्रतिस्पर्धा जारी रहेको छ । आचार्यले ७०४ मत प्राप्त गर्दा त्रितालले ४१२ मत प्राप्त गरी पछ्याइरहेकी छिन् ।

आचार्य सत्ता गठबन्धनकी उम्मेदार हुन भने त्रिताल विपक्ष गठबन्धनकी उम्मेदार हुन । उनीहरुको मतान्तर २९२ मत रहेको छ । यसैगरी, अरु पदहरुमा पनि सत्ता गठबन्धनका उम्मेदारहरु नै अगाडि देखिएका छन् ।

११६० मत गनिसकिँदा अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले ७०७ मत पाएका छन् ।  यस्तै रमण कुमार श्रेष्ठले ४३४ मतका साथ मिश्रलाई पछ्याइरहेका छन् । निर्वाचन समितिकाअनुसा अध्यक्षकै उम्मेदवारहरू राजु कैदीले ५, उज्वल घिमिरेले २ र आशिष पौडेलले ६ मत पाएका छन् । यसैगरी महासचिवमा जगतबहादुर कार्कीले अग्रता बनाएका छन् । उनले ७२५ मत पाउँदा यज्ञमणि न्यौपानेले ३७५ मत पाएका छन् ।

बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । हिजो  झापा, बारा, मोरङ, इलाम, विराटनगर, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिराह, सर्लाही र रौतहट गरी १२ वटा मतदान केन्द्रको मतगणना भएको छ । बाँकी मतगणना  आज मंगलबार बिहान ८ बजेदेखि सुरु हुने जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया