काठमाण्डौ । लोक तथा दोहोरी गायक तथा सर्जक मौसम गुरुङ्गले भर्खरै मात्र आफ्नो लय र स्वरमा मौलिक गीत “चरी बस्यो अरेली गाँजैमा” सार्वजनिक गरेका छन् । गीतमा गुरुङ्ग संगै सम्झना सिवाकोटीको पनि सुमधुर स्वर सुन्न सकिन्छ । सम्झना सिवाकोटीको प्रस्तुतिमा रहेको उक्त गीतलाई शब्द भने अर्का लोकप्रिय सर्जक ओम छिनालले भरेका हुन् । आफ्नो सांगीतिक यात्राको सुभारम्भमा गायक तथा सर्जक मौसमले मन्दधारका गीतहरु बढीजसो निकाल्ने गर्दथे । तर अहिले भने उनले रोमान्चक धारका मौलिक गीत संगीतलाइ जोड दिन थालेका छन् ।

दर्जनौं लोक तथा दोहोरी गीत संगीतमा काम गरिसकेका गुरुङ्गले यी र यस्तै मौलिक गीत बजारमा ल्याएवापत आफ्नो सांगीतिक यात्रालाई थप फराकिलो बनाएका छन् । उनि देशका विभिन्न सांगीतिक कार्याक्रममा सामेल हुँदै प्रबासमा हुने कार्यक्रमहरुमा पनि सहभागिता जनाउने कलाकार भित्र पर्दछन् । “चरी बस्यो अरेली गाँजैमा” बोलको गीतलाई गायक गुरुङ्ग कै नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

निकै उत्कृष्ट स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा विजय पुन, मनोज गुरुङ्ग, चाहना राना मगर र संजना गुरुङ्गको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई दिप गुरुङ्गले निर्देशन गरेका हुन् भने कोरियोग्राफी सन्तोष थापा मगर, छायांकन विजय लामा र सम्पादन पदम सुबेदीले गरेका छन् । गायक तथा सर्जक गुरुङ्गले आफ्ना अघिल्ला प्रस्तुतिलाई झैं सबैले यस गीतलाई पनि मायाँ गरिदिनुहुन सबै समक्ष अनुरोध गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया