भक्तपुर, १७ चैत । भक्तपुर जिल्लामा मात्र ६ सय भन्दा वढी औषधी पसलहरु रहेको बताइएको छ ।

 

औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको शनिबार भक्तपुरमा भएको चौथौं साधारणसभा तथा बनभोज कार्यक्रममा उक्त जानकारी गराइएको हो । 

 

कार्यक्रममा बताइए अनुसार औषधी व्यवस्था विभागमा दर्ता भएर भक्तपुरमा सञ्चालनमा रहेका औषधी पसलहरुको संख्या ६ सय भन्दा वढी छन् ।

 

तीमध्ये सवैभन्दा वढी भक्तपुर नगरपालिका क्षेत्रमा र त्यसपछि मध्यपुर थिमि नगरपालिका क्षेत्रमा छन् । जिल्लामा यी बाहेक सूर्यविनायक र चाँंगुनारायण नगरपालिकाहरु छन् । संघमा भने एक सय ६५ वटाको संख्यामा मात्रै आवद्धता रहेका जनाइयो ।

साधरणसभाको उदघाटन संघका बागमती प्रदेशका अध्यक्ष ध्रुबनारायण श्रेष्ठले गरेका थिए । कार्यक्रममा संयुक्त रुपमा क्यालेण्डर पनि विमोचन गरियो ।

 

कार्यक्रममा वागमती प्रदेश अध्यक्ष श्रेष्ठ, महासचिव राजु श्रेष्ठ, काठमाडौका अध्यक्ष शंकर महर्जन, ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, काभ्रेका अध्यक्ष श्याम तिमिल्सना, रामेछाप दोलखा सदस्य मदन भौकाजीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रम जिल्ला सभापति नारायणप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमकोबारेमा जानकारी तथा स्वागत कार्यक्रम संयोजक एवं जिल्लाका वरिष्ठ उपाध्यक्ष विनोदप्रसाद सापकोटाले गरेका थिए ।

 

कार्यक्रमको सञ्चालन मुरारी नेपालले गरेका थिए । ड्यासमा आसिन व्यक्तित्वहरुलाई खादा माला स्वागत शर्मिला लोहलाले गरेकी थिइन् । कार्यक्रमपछि कपिल कसपालले रमाइलो नाचगानको संयोजन गरेका थिए ।
 

तपाईको प्रतिक्रिया