काठमाडौं, १४ चैत । राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन्

 

नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो । 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदी स्वयंले त्यसको जानकारी दिएका हुन् ।

 

प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा राजवादीले प्रदर्शन गर्दैछन् ।

 

यसैगरी, राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया