काठमाडौं, १२ चैत । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ । 

 

नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन । 

 

र, नेकपा माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाइ हटाएकोमा बिरोध गरिरहेका छन् । साे क्रममा उर्जामन्त्री दिपक खड्काकाे पुत्लादहनसमेत गरिएकाे छ । 

 

हिजो बसेको मन्त्री परिषद बैठकले घिसिङलाई पदमुक्त गरेर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो, जसको अहिले सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतले बिरोध गरिसकेका छन् ।

 

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका प्रवक्त ज्ञानेन्द्रबहादुर शाहीलगायतले पनि घिसिङलाइ हटाएकोमा आपत्ति जनाएका थिए ।

तपाईको प्रतिक्रिया