काठमाडौं, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार सो अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ५१ वर्षीय हरिबहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

 

हरिबहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको   छ । 

तपाईको प्रतिक्रिया