विराटनगर । मोरङ प्रहरीले यातायात कार्यालय विराटनगरबाट १२ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ खार्जीमा रहेको यातायात कार्यालय अगाडिबाट बिचौलीयाको रुपमा काम गरेको भन्दै १२ जनालाई पक्राउ गरेको हो ।

सेवाग्राहीलाई ठगी गरेकाे गुनासाे आएपछि पक्राउ गरेकाे प्रहरीले बताएकाे छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रवक्ता डिएसपी बेदप्रकाश जाेशीले जानकारी दिए ।

यी हुन पक्राउ पर्नेहरु

१, विराटनगर महानगरपालिका– ३ का ४१ वर्षीय सन्जिव कोइराला
२,विराटनगर महानगरपालिका– ३ का २४ वर्षीय राजेश खड्का
३,विराटनगर महानगरपालिका–३ का २५ वर्षीय गौरवकुमार माझी
४,विराटनगर महानगरपालिका– ३ का ३७ वर्षीय राजु कोइराला
५, दुहबी नगरपालिका– ११ का २७ वर्षीय युवराज लम्साल
६,विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत
७, विराटनगर महानगरपालिका– ४ का २२ वर्षीय राजीव मण्डल
८, बर्जु गाउँपालिका– ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार
९, कटहरी गाउँपालिका– १ का ३७ वर्षीय भागवत राजबंशी
१०, बुढिगंगा गाउँपालिका– २ का ५० वर्षीय उदय कार्की
११, बुढिगंगा गाउँपालिका– १ का २१ वर्षीय सुनिल दाहाल
१२, विराटनगर महानगरपालिका– ३ का २९ वर्षीय अजयकुमार मण्डल

तपाईको प्रतिक्रिया