विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कक्षा ८ को महानगरस्तरीय परीक्षाको अनुगमन गर्नुभएको छ ।
आइतबारदेखि सुरु भएको कक्षा ८ को परीक्षाअन्तर्गत मेयर कोइरालाले विभिन्न विद्यालय पुगेर अनुगमन गर्नुभएको हो । शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराई, महानगर शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतलाई साथै लिएर महानगरका विभिन्न विद्यालयमा पुगेर मेयर कोइरालाले परीक्षाको अनुगमन गर्नुभयो । अनुगमनका क्रममा मेयर कोइरालाले परीक्षा एकदमै व्यवस्थित र मर्यादित रुपमा सञ्चालन भइरहेको पाएको जानकारी दिनुभयो । महानगरपालिकाभित्र सञ्चालित ३५ सामुदायिक र ८४ संस्थागतसहित ११९ वटा विद्यालयका ५ हजार ४९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
मेयर कोइरालाद्वारा महानगरस्तरीय परीक्षाको अनुगमन
