मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा आफुलाइ ऊर्जावान महसुस गर्नु हुनेछ । नयाँ कार्य गर्नमा मन लाग्नेछ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । साताको मध्यमा विगतका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । परिजनहरूसँग भेटघाटको योग छ । साताको अन्तिममा कार्यक्षेत्रमा आफूमाथि विश्वास राखी निर्णय लिनुहोला, सफलता मिल्नेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । रुचिको कार्यमा मन लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट विशेष लाभ प्राप्त हुनेछ । सवारी साधनमा धन खर्चका योग छन् । साताको मध्यमा नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । अरुलाई सल्लाह दिनदेखि बच्नुहोला । गृहणीहरूको गृहकार्यमा समय बित्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला । व्यापार व्यवसायबाट मनग्य लाभ मिल्ला । साताको मध्यमा कार्यक्षेत्रमा आटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्ला । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय रहेको छ । आफन्तहरूबाट टाढा हुने योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा धैर्य र पराक्रम वृद्धि हुनुको साथै नयाँ कार्य कार्यान्वित गर्न लागि उचित समय रहेको छ । कार्य क्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला । साताको मध्यमा सन्तानको प्रगतिले मन हर्षित रहनेछ । विद्यार्थीहरूलाई शिक्षामा सफलता मिल्नेछ । साताको अन्तिममा गुमाएको कार्य वा गुमाएको स्थान स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला । शत्रुहरू हावी हुनेछन्, सावधान रहनुहोस् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । धर्म कर्ममा मन लाग्नेछ । निभाउन नसकिने वाचा नगरौँ । साताको मध्यमा पेटसम्बन्धी समस्या देखा पर्न सक्ला खानपानमा विशेष ध्यान दिनुहोस् । सवारी साधनमा धन खर्च हुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा नोकरी पेशामा वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ । मीडिया र चलचित्रको क्षेत्रबाट लाभ पाइनेछ । प्रतिस्पर्धी छात्रहरूलाई प्रतीस्पर्धामा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछ । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । मन ऊर्जावान रहनेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । अध्ययनमा प्रगति हुनेछ । कार्य क्षेत्रलाई लिएर गरिएको यात्रा सफल रहनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा आत्मविश्वासमा वृद्धि हुनेछ । आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ । साताको मध्यमा श्रमको उचित मूल्यांकन नमिल्ला । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । पारिवारिक सद्भावमा मनमुटाव आउनेछ । साताको अन्तिममा स्वास्थ्य कमजोर रहनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । भावनामा आएर निर्णय नलिनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा स्वास्थ्यमा सुधार हुनेछ । कानुनी समस्याहरू लम्विनेछ । साताको मध्यमा धर्म कर्ममा रुचि बढ्नेछ । पितासँगको सम्बन्ध प्रगाढ हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ मिल्नेछ । कार्य क्षेत्रमा लिएका निर्णयहरूको प्रशंसा हुनेछ । यात्रा सुखद वा नयाँ सम्पर्क बढाउनेवाला हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा उच्च शिक्षाको लागि नयाँ अवसर प्राप्त हुनेछ । साहित्य वा लेखन कलामा निखार आउनेछ । साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ । शेयर बाजारबाट मनग्य धन आर्जन गर्न सकिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ हुने सम्भावना रहेको छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साताको मध्यमा स्वास्थ्यमा भने केही समस्या देखा पर्नेछ । व्यवहारलाई अत्यन्तै संयम राख्नु पर्ने समय छ । वैदेशिक रोजगारमा सफलता पाइनेछ । साताको अन्तिममा धर्मकर्ममा रुचि बढ्ने साथै घरमा कुनै मांगलिक कार्यका योग छन् । प्रेम पक्षलाई विवाहसम्म पुराउनको लागि कुरा अगाडि बढाउनुहोस् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा आफन्तसँगको मनमुटाव सुल्झिनेछ । घैर्यको कमीले कार्य क्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्ला । जग्गा जमिनबाट लाभ मिल्नेछ । साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोला । गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ । साताको अन्तिममा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक आहारको सेवन गर्नुहोस् । सवारी साधन चलाउँदा सावधान रहनुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा आर्थिक पक्ष सबल रहनेछ । आफन्तजनहरूबाट राम्रो सहयोग मिल्नेछ । कार्य क्षेत्रमा नयाँ आयका स्रोतहरू बढ्नेछन् । साताको मध्यमा प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला । नयाँ पहिरनको अवसर मिल्नेछ । साताको अन्तिममा कार्य क्षेत्रमा जीवनसाथीको सहयोग मिल्नुको साथै प्रेमको बन्धन कसिने छ ।

– ज्यो. पं. धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया