उषा सरदार, ५ चैत, बिराटनगर
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले माघ २२ गते देखि फागुन ६ गते सम्म संचालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत छात्रा तथा किशोरीले खोप लगाएको छ। कोशी प्रदेशमा अनुमानित लक्षित छात्रा तथा किशोरीहरुको संख्या २ लाख ६५ हजार ९ सय १८ जना रहेको थियो। त्यसै गरि कोशी प्रदेशको १४ वटै जिल्लाको सुक्ष्म योजना अनुसार २ लाख २६ हजार ९ सय ७९ जना लक्षित वर्ग रहेको देखाएको थियो। जस्मध्ये कोशी प्रदेशमा जिल्लाको सुक्षम योजना अनुसार १०५ प्रतिशत र अनुमानि लक्षित संख्याको ९० प्रतिशत अर्थात २ लाख ३८ हजार ९ सय ९५ जनाले खोप लगाएको छ। जस्मध्ये कोशी प्रदेशमा भन्दा बढी ताप्लेजुङ जिल्लामा लक्ष्य भन्दा बढी १ सय ५ प्रतिशत छात्राले खोप लगाएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा राधिका थपलियाले जानकारी दिनु भयो।
नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो उच्च स्थानमा रहेको छ । महिलाहरुमा मृत्यु हुने पहिलो कारण पाठेघरको मुख्यको क्यान्सर रहेको तथ्यांकले देखाएको छ।विश्व स्वास्थ संगठन को सन २०२० को तथ्यांक अनुसार संसारमा कुल बिरामी मध्ये ८८ प्रतिशत बिरामी पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको उल्लेख छ। संसारमा हरेक वर्ष ५ लाख ७० हजार महिलाको यो रोगबाट मृत्यु हुने गरेको देखिन्छ।
जसमध्ये नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलाले पाठेघरको मुखको क्यान्सरको कारण ज्यान गुमाउनु परेको छ भने कुल बिरामी मध्ये ६१ प्रतिशत महिलाको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख रहेको छ । नेपालमा औषतमा प्रत्येक दिन ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउनु परेको अवस्था रहेको छ।
नेपाल सरकारको राष्ट्रिय नीति तथा कार्यक्रम अन्तरगत पाठेघरको मुखको क्यान्सरविरुद्धको एच पि भि खोप अभियानमा नियमित लक्षित समूह अन्तरगत बिद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरु सहभागी रहेको थियो । भने बिद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समुहको छात्रालाई लक्षित गरेर खोप अभियान संचालन गरेको थियो।