काठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक संगीतको श्रीवृद्धिका निमित्त अतुलनीय भूमिका निर्वाह गरिसकेका छन् । उनि हुन्, अशिम कुमार कटुवाल । उनै अशिमले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “कसम बिध्यानास” भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि दर्जनौं गीत बजारमा ल्याइसकेका छन् । अहिले विभिन्न जिल्लाहरुमा हुने महोत्सवहरुमा पनि व्यस्त अशिम आफ्नो पछिल्लो प्रस्तुतिलाई पनि न्याय दिन सबै समक्ष अनुरोध गर्दछन् ।
उनको माथि उल्लेखित गीतमा अशिम कुमार कटुवाल र कल्पना पराजुलीको सुमधुर स्वर सुन्न सकिन्छ । बिष्णु तामाङ्ग द्वारा संगीत संयोजन भएको गीतलाई लय कल्पना पराजुलीले भरेकी हुन् भने शब्द गायक स्वयम् को रहेको छ । रोमान्चक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा कुमार सुनेल र निहारिका थापाको अभिनय देख्न सकिन्छ । मोडल कुमार पनि नेपाली गीत संगीतको क्षेत्रमा परिचित नाम हो । उनले कयौं गीतहरुमा अभिनय गरिसकेका छन् ।
अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको “कसम बिध्यानास” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन चक्र बहादुर बराल र सम्पादन बिष्णु खड्काले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।