सरकारले मध्यरातदेखि रिक्त हुन लागेको प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापालाई नियुक्त गरेको छ । भर्खरै सकिएको क्याबिनेट बैठकले उक्त पदमा तीन जना एआईजीहरुमध्येबाट थापालाई छनौट गर्ने निर्णय गरेको छ ।

वरिष्ठता, कार्यकुशलता र कार्यक्षमतालाई मूल्याङ्कन गर्दै सरकारले एआईजी थापालाई प्रहरी संगठनको जिम्मेवारी दिएको बताइन्छ । एआईजी सुदिप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकका लागि प्रतिस्पर्धी थिए ।

बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाएपछि रिक्त भएको पदमा सरकारले थापालाई नियुक्त गरेको हो । आजैदेखि प्रहरीका नौ जना उच्च अधिकृतहरुले एकैसाथ अवकाश पाएका छन् ।

आजदेखि अतिरिक्त महानिरीक्षकहरु टेकप्रसाद राई,कुवेर कडायत,बुद्धि गुरुङ,दुर्गा सिंह र जनक भट्टराई र डिआईजीहरु गणेश चन्द,भोला रावल र ध्रुवराज राउत अनिवार्य अवकाशको व्यवस्थाले घर गएका हुन् ।

तपाईको प्रतिक्रिया