राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षा केन्द्र तोकेको छ । बोर्डको गत फागुन २८ गतेको निर्णयानुसार परीक्षा केन्द्र निर्धारण गरिएको बताइएको छ ।

काठमाडौं उपत्यकाभन्दा बाहिरको परीक्षा केन्द्र विवरण बोर्डको बेवसाइटमा राखिएकोे छ । जारी सूचनामा भनिएको छ, ‘राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्धारा २०८२ साल वैशाख ११ गतेदेखि ऐ.२४ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौं उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति मिति २०८१–११–२८ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ । परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी बोर्डको वेबसाइटमा राखिएको जानकारी गराइन्छ ।’

यो वर्षको कक्षा १२ को वार्षिक परीक्षा आउँदो वैशाख ११ गतेदेखि २४ गतेसम्म सञ्चालन हुँदैछ । एसईई परीक्षा आगामी बिहीबारदेखि शुरु हुने तालिका छ ।

तपाईको प्रतिक्रिया