विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको गल्स अन ह्विलको फस्ट रनअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भएकी छिन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका थिए भने प्रतियोगिताको फस्ट रनअप र सेकेण्ड रनअपले क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर पाएक थिए । प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागि रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए । ‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु रहेको थियो । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गरेका थिए । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगिहरुलाई नोवेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु रहेको थियो । कार्यक्रममा स्त्री ब्याण्डले सास्कृतीक कार्यक्रम र न्यूक्लिियर डान्स ग्रुपले मनोर१जन प्रदान गरेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
२०८२ साल वैशाख ०५ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन...
भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा बिहीबारदेखि तीनद...
शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थीको भूमिका अहम् ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँग...
श्रीषा र तुलाको स्वरमा आएको जुन झारी दिउँलाको चर्चा
काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको जुन झारी दिउँला बोलको गीतको भिडियो सार्वजनिक ...
के हो वंश वा वंशावली ? किन गरिन्छ वंशको खोजी ?
सामान्यतः वंश भन्नाले कुनै पनि परिवारको मुली वा मुख्य व्यक्ति र उसको पुस्ता, पिँढी वा सन्ततिहरू भन्ने बुझिन्छ । नेपाली ब...
२०८२ साल वैशाख ०४ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आश्वासन...