काठमाडौं । गायक तथा सर्जक धर्मेन्द्र सेञ्चुरीको लोक दोहोरी गीत “रुखमै पाक्यो मेवा’ भर्खरै सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका कल्पना सुनुवार संगै नव गायक किशोर सेञ्चुरीको स्वर सुन्न सकिन्छ ।

धर्मेन्द्र सेञ्चुरीको शब्द र रादीप सुनुवारको लयबाट सजिएको गीतलाई रमेश सेञ्चुरीले संगीत संयोजन गरेका हुन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा लोकप्रिय मोडेल विजय पुन र विनिता सेञ्चुरीको अभिनय देख्न सकिन्छ ।

“रुखमै पाक्यो मेवा’ बोलको गीतको म्युजिक  भिडियोलाई शिशिर बुढाथोकीले कोरियोग्राफी र निर्देशन गरेका हुन् भने छायांङ्कन सन्तोष तिमल्सिनाले गरेका छन् ।

विनोद बमको सम्पादन रहेको यस म्युजिक भिडियोलाई जिनाखु ठाकुर क्रियसनले बजारमा सार्वजनिक गरेको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया