गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंको एक व्यांकेटमा उनीहरुले लगनगाँठो कसेका हुन् ।
महेश पञ्चेबाजा बजाउँदै अस्मितालाई लिन पार्टी प्यालेस पुगेका थिए । उनीहरुको बिबाह समारोहमा दुवै पक्षका आफन्त, परिवार र केही संगीतकर्मी उपस्थित छन् । सामाजिक संजालमा पनि उनीहरुलाई बधाईको ओइरो लागेको छ ।
यी दुईले असार महिनामा दुबई पुगेर इन्गेजमेन्ट गरेका थिए । यस्तै, उनीहरुले इन्गेज्मेन्टपछि थुप्रै कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिए । अस्मिता र महेशलाई बधाई छ ।