काठमाडौं । काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुदै छ ।
दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।
त्रिभुवन आर्मीले क्वाटरफाइनलमा पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने संकटा क्लब विभागीय टिम एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भने शनिबार हुदै छ । दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्ने छ । आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।