काठमाण्डौ । संगम थापा र रुपेश दानी क्षेत्रीको संयुक्त प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “फोटो भित्तामा” भर्खरै सार्वजनिक भएको छ । गायक तथा सर्जक संगमले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने मोडल तथा सर्जक रुपेशले पनि धेरै गीत संगीतमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।
प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना गायक स्वयम् संगम थापाले नै भरेका हुन् भने सृजन पण्डितको थेगोले सजिएको गीतमा स्वर संगम थापा र कोपिला तामाङ्ग वाइबाको सुन्न सकिन्छ । गीतलाई प्रेममा हुने त्याग र बलिदानको कथा भित्र बुनिएको छ ।
“फोटो भित्तामा” बोलको गीतको म्युजिक भिडियोमा रुपेश दानी क्षेत्री, अप्सरा पोख्रेल, बिन्दास सुमन, रिया पन्त र जीवन थापाको जीवन्त अभिनय देख्न सकिन्छ । जति सुन्दा र हेर्दा पनि धित नमर्ने स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् रुपेश दानी क्षेत्रीले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई यस.आर म्युजिक क्रिएसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।