विराटनगर /
गायिका जेनिसा गौत्तम को स्वरमा ‘माया छरिदेउ ’ सार्वजनिक गरेकी छिन् । यो भजनसँगै उनले धार्मिक गीतमा समेत आफ्नो हात अगाडि बढाएकी छिन् । यो भजनको भिडियोमा गायिका जेनिसा गौत्तम र बालमुकुन्द तिम्सिनाको अभिनय छ । यो भजनको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । अमित विश्वकर्मा को छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको को सम्पादन छ । भिडियोको मेकिङमा विशेष ध्यान दिइएको छ । भिडियो निर्माणका लागि तयार पारिएको सेट लोभलाग्दो छ । गायिका जेनिसाले भर्जनमा पनि आफ्नो उपस्थिती दरिलो बनाउने संकेत गरेकी छिन् ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।