काठमाण्डौ – चर्च ब्वाइज यूनाइटेड काठमाण्डौलाई पराजित गर्दै धरान फुटबल क्लब १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिजो भएको खेलमा धरानले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो । प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाण्डौबीच खेल हुने छ ।
यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।