नवशिला
बेलबारी -२, नवदेव मार्ग, लालभित्ती मोरङ
निचोड खोज्न सक्छ उसले प्रष्टा बन्न सक्छ
खेल्दै शब्द भावमा लेखक स्रष्टा बन्न सक्छ
हरदम निरन्तरको साधना र तपस्याले,
एउटा अब्बल श्रष्टा उपद्रष्टा बन्न सक्छ। १.
तिमीलाई छ विश्वासको मत आउन सक्दिन
बिग्रिन्छ फेरि मेरो आदत आउन सक्दिन
प्रयोग गर्छौ सधैँ तिमी आफ्नै नियम कानुन,
एकतर्फी छ त्यो अदालत आउन सक्दिन। २.
कहिलेकाहीँ आफ्नै शरीर हेर्न हुन्छ प्रिय
बसालेको प्रेमको नजिर हेर्न हुन्छ प्रिय
कस्तो छौँ यो जवानीमा कस्तो हुन्छौ पछि,
खिची लैजाउ एउटा तस्बिर हेर्न हुन्छ प्रिय। ३.
सिर्जना हो हरदम हरपल मन्जिल बनाउने
सुन्दर शान्त शुभ्र अनि झिलमिल बनाउने
मेहनत अनि परिश्रमनै सत्मार्ग हो बुझ्नुस्,
मानव चोला सफल अनि काबिल बनाउने। ४.