✍️ किस्मत खतिवडा विराटनगर  “गजल”

बर्षौ बित्यो नपुगेको वन पाखा सम्म
न चौतारी सम्म, न त नदि नाला सम्म

के सोच्दो हो फुलले पनि आफुलाई
कहिले मन्दिर पुग्छ, कहिले चिता सम्म

प्रेममा बुझ्नेलाई इसारा काफी छ भन्छन्
खै किन म अझै बुझ्दिन नबोल्दा सम्म ?

यो कस्तो जिन्दगी रहेछ `किस्मत´ तेरो
कसैले बुझ्न चाहेनन् तेरो पिडा सम्म

तपाईको प्रतिक्रिया