पोखरा ।फुटबल रिपोर्टिङबारे अन्तरक्रिया पोखरा नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मन्चले न्युरोडस्थित नोबेल एकेडेमीमा शुक्रबार फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा एन्फा कम्पिटेसन डाइरेक्टर सन्जिव मिश्र, खेल पत्रकार हिमेश र प्रकाश तिमल्सिनाले आफ्नो अनुभव सुनाएका थिए । एन्फा कम्पिटेसन डाइरेक्टर मिश्रले प्रतियोगिताको टाइसिटका विषयमा जानकारी गराएका थिए । खेल पत्रकार हिमेश र तिमल्सिनाले फुटबलको क्रेजलाई कायम राख्न पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए । आहा रारा पोखरा गोल्डकपमा दर्शनको चाम बढाउन भूमिका खेल्न उनीहरूले आग्रह गरे । सहभागीले मोफसलका समस्या सुनाएका थिए । मन्चका अध्यक्ष एमबी आस्थाले अन्तरक्रिया कार्यक्रमले फुटबल रिपोर्टिङमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
फुटबल रिपोर्टिङबारे पोखरामा अन्तरक्रिया
