काठमाडौँ । ‘भ्यालेन्टाइन डे’को अवसर पारेर गीतकार केदार उप्रेतीले नयाँ रोमान्टिक गीत ‘नींद न आइ’ सार्वजनिक गरेका छन् । अनु चौधरी र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
क्रियटिभ युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा गीता ढुंगाना र लक्षु शर्मा फिचर्ड छन् ।उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रिस्टल क्रियसन ”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।अमेरिकाको पेन्सलभेनिया निवासी गीतकार उप्रेतीको यसअघि पनि धेरै गीत ,साहित्यिक रचना हरु आइसकेका छन् ।

तपाईको प्रतिक्रिया