काठमाण्डौ । हाल प्रबासमा रहेका गायक तथा सर्जक अर्जुन गुरुङले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “पिरतीको डोरी” सार्वजनिक गरेका छन् । उनको हाम्रो मायाँ छुट्यो दबाबमा लगायतका थुप्रै गीतहरु आज पनि उत्तिकै चर्चामा रहेका छन् । यस संगै अर्जुनले केहि समय अगाडी मात्रै “तिम्रो तस्बिर बोल्दै बोल्दैन” बोलको गीत सार्वजनिक गरेका थिए । उनले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्बृद्धिका लागि यस क्षेत्रमा कयौं रकम लगानी गरिसकेका छन् ।
गायक तथा सर्जक अर्जुनको अर्जुन दृष्टि म्युजिक नामको एक निकै राम्रो दर्शकको मायाँ बटुलेको युट्युब च्यानल थियो । लाखौँको लगानीमा तयार भएको उक्त च्यानल ह्याक भएको करण उनले हरेश नखाई पुनः अर्को च्यानल बनाएर आफ्नो गीत संगीत सार्वजनिक गर्न थालेका छन् । अर्जुनको यस नयाँ च्यानलबाट सार्वजनिक भएको “पिरतीको डोरी” दोश्रो गीत हो ।
प्रस्तुत गीतमा अर्जुन गुरुङ र लक्ष्मी परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि गायक स्वयम् ले भरेका छन् । अजरअमर प्रेमभावमा तयार भएको यस गीतलाई म्युजिक भिडियोले पनि थप जीवन्तता दिएको छ । भिडियोमा दिपेन्द्र गिरि र आभा थापाको अभिनय देख्न सकिन्छ । शिशिर बुढाथोकीको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई छायांकन उत्तम हुमागाईं र सम्पादन राजेन्द्र पुरी र अर्जुन थापाले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।