गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन्।
नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।
नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायांकन उत्तम हुँमागाईंले गरेका छन् भने सम्पादन विकास ढकालले गरेका हुन्। गायिका बरालले यसअघि माया छ कि छैन,खानदानी छोरी,हरेक रात सपनीमा, नरिसाउन होइ लगायतका गीत गाएकी छन्।