विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका छन् । माघ २२ गतेदेखि सुरु गरेको खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, बास्केटबल, टेवलटेनिस, रेसिङ लगायतका खेलहरू समावेश गरेका थिए । खेलकुद सप्ताह २०८१ मा ९ सय विद्यार्थीमध्ये ५ सय भन्दा बढी विद्यार्थी सहभागी रहेको स्कुलले जनाएको छ । खेलकुदको माध्यमबाट अरनिकोले पढाइमा मात्रै नभई खेलकुदमा पनि अब्बल रहेको सन्देश प्रवाह गर्न सफल भएको स्कुलका प्रिन्सिपल राजेश कार्कीले बताए । कार्यक्रमका प्रमुख अतिथि विराटनगर–१० का वडाअध्यक्ष अर्जुन गिरी, अरनिको आवासीय विद्यालयका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल कार्की तथा निर्देशकहरु विकास अधिकारी, निलम अधिकारी, भरत दाहाल, विलाश लुइँटेल र डा.भविन्द्र निरौलाले विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका थिए । स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म करिव ९ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

तपाईको प्रतिक्रिया