काठमाण्डौं ः नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द हमालको युटुव मार्फत सार्वजनिक भएको छ ।
गीतमा प्रेमी प्रेमिका बीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘कलकल बगेको खोली ’गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन । गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ । आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसी भएकी छन् । रेशम दलामीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा कुमार केसीको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभियन रहेको छ ।
‘कल कल बगेको खोली’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।