विराटनगर– विराटनगरमा प्रहरीले ३ दर्जनभन्दा वढि मानव खप्पर र नलिखुट्टासहित आईतबार विहान एक जनालाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट विराटनगर महानगरपालिका–१७ का विनोद रायलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टा बरामद भएको प्रहरीले जनाएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको रिक्सामा खानतलासी गर्ने क्रममा खप्पर र नली खुट्टा बरामद भएको शसस्त्र प्रहरी इलाका प्रहरी कार्यालय, रानीले जनाएको छ। ती कंकालहरू के प्रयोजनका लागि कहाँ लैजान लागिएको हो भन्ने खुलेको छैन।