विराटनगर ÷ चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ ।
प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरिने भएको छ । बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ), ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार इन्दिरा राना मगर (झापा)लाई प्रदान गर्ने निर्र्णय भएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन् । राना मगर प्रतिनिधिसभाकी उपसभामुखसमेत हुन् । पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यस्तै ५१ हजार राशिकै नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौं), डा. नरेन्द्र÷योगमाया÷भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ÷मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्गा) लाई प्रदान गरिने भएको छ । साहित्यबाहेक सबै पुरस्कारको राशि जनही ५१ हजार रहेको अध्यक्ष सुवेदीले बताइन् । सुवेदीका अनुसार घोषित सबै पुरस्कार यही माघ २६ गते शनिबार विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिनेछ ।