महेश भट्टराई / काठमाण्डू : फास्ट फेसन र अनावश्यक कपडाको उपभोगले वातावरणमा पारेको प्रभाववारे विराटनगरमा समीक्षा गरिएको छ ।
शैक्षिक अन्तरक्रियात्मक र अनुसन्धानात्मक क्षेत्रमा काम गरिरहेको एक्रेस एकेडेमिया संस्थाले शनिबार गरेको कार्यक्रममा फास्ट फेसनद्वारा वातावरणमा पारेको प्रभावका विषयमा समीक्षा गरिएको थियो । कार्यक्रममा संस्थाले गरेको सर्वेक्षण, उपभोक्ताहरुका् बानी, वातावरणीय असरबारे सचेतनाको स्तर र दिगो फेसन विकल्पप्रतिको चासोका विषयहरु समेटेर प्रतिवेदन प्रस्तुत गरेको थियो । सर्वेक्षणको निष्कर्ष यो थियो की धेरैजसो मानिसहरूले वर्षमा केही पटक चल्तीको फेसन ट्रेन्डको आधारमा लुगा कपडा किन्ने र फास्ट फेसनले पार्ने वातावरणीय क्षतिको विषयमा केहि हदसम्म सचेत भएतापनि व्यवहारिक रूपमा पालना नभएको उल्लेख छ ।
कार्यक्रममा पुन:प्रयोग र पुन:उपयोगको नितीको विकास गर्ने, गैर बायोडिग्रेडेबल कपडाहरूमा कडा प्रतिबन्ध लगाउने जस्ता कदमहरूले फास्ट फेसनले पर्यावरणमा पार्ने नकरात्मक प्रभावलाई न्युनिकरण गर्न मद्दत पुर्याउने भनिएको छ । संस्थाका अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कोशी प्रदेशका सांसद जय प्रकाश चौधरीले यसखाले समस्या समाधानमा सवैको सहयोग आवश्यक रहने बताए । उनले यो विषय अत्यन्तै नयाँ रहेको तर सार्वजनिक सरोकारका मामलामा उठानको विषय रहेको बताए । उनले यो विषयलाई प्रदेश सरकारमा उठान गर्ने प्रतिवद्धता जनाए ।
यस्तै विराटनगर महानगर वडा नं. १९ का वडाध्यक्ष श्याम घिमिरेले स्थानिय सरकारकोरुपमा आफुले आजैदेखि यस विषयलाई प्राथमिकतामा राख्ने वताए । फेसन ट्रेन्डको आधारमा लुगा कपडा किन्ने र फास्ट फेसनले पनि वातावरणीय क्षति गर्छ भन्ने विषय नौलो लागेपनि सोच्दै जादा यसले पार्ने असर गम्भिर रहेछ भन्ने जानकारी मिलेको बताए । संस्थाले उठान गरेको विषयलाई वडास्तरमा सचेतनामुलकरुपमा अगाडि बढाइने पनि घिमिरेले प्रतिवद्धता जनाए ।
यस्तै पत्रकार महासंघ मोरङका कोषाध्यक्ष कौशल निरौलाले फेसनका नाममा आयात हुने सवै खाले कपडा र सामाग्री लामो समयसम्म मानिसले नलगाउने र ती सामान पुन: प्रयोग र पुन: उपयोग पनि नहुने हुदा वातावरणीय प्रदुषणलाई बढावा दिने बताए । फेसनका नाममा र अन्यदेशवाट आउने सस्तो कपडाका कारण नेपालमा फोहरको डंगुर बढेको उनको तर्क थियो । खोला,किनारमा नसड्ने लुगाहरु यत्रतत्र छरिएको भेटिने र डढाउदा पनि प्रदुषण बढेको उनको तर्क थियो । वातावरणनै खलवलाउनेगरी आउने कपडामा सरकारले कडाइ गरी ,स्थानिय उत्पादनलाई प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए ।
उक्त कार्यक्रममा पञ्चकन्या आ.विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज जमरकटेलले भन्नुभयो यो नेपाल र नेपालीका लागि चाहिँ नयाँ शब्द र नयाँ कार्यक्रम देखिएता पनि यो अनुसरण गर्न जरुरि रहेकाे बताउनु भयाे देशकै कतिपय विद्यालयमा बालबालिकाहरु नै गरिबीको कारण अहिले यो जाडोका कपडा नहुदा सर्ट पाईन्टमा आउने चप्पल नहुदा खालीखुट्टै आउने परिवेशमा यस किसिमको कार्यक्रम आयोजना हुनु एकदम नयाँ र नौलो भएको तर यसलाई तुरुन्तै अनुसरण गर्ने पक्षमा चाहिँ हाम्रो समाज नभएको बताउनु भएको छ हाम्रा पिता पुर्खाले हिँडिरहेको बाटो प्रयोग गरिरहेको कपडाहरू सामाग्री बानी व्यवहार चालचलन संस्कार संस्कृति लवाईखवाई लगायत वातावरण सन्तुलनसँग सम्बन्धित रहेको छ जस्तैः पुर्खाले प्रयोग गरेको अल्लोका कपडा सिस्नुको तरकारी सिस्नुका कपडा लोप्ताको कागज घरायसी खानपिन घरेलु मल यी चिजहरुबाट बनेका सामाग्री नै वातावरण अनुकूल हुन् भन्ने हो तर अहिलेको युवा पुस्ता चाहिँ जे देख्यो त्यही चाहिने देखासेखिमा समाज अगाडि बढिरहेको छ ।
हाम्रा पितापुर्खाले प्रयोग गरेका चिजहरू महँगो भएको हुँदा राज्यले ऐन कानुन नीति नियम मार्फत तिनै तहका सरकारहरुले चाहिँ यसलाई सम्बर्द्धन र प्रवर्धन सगसगै अनुदानको व्यवस्थापन गर्न सके हाम्रा घरगाउँमै रहेका ती सामानहरूबाट वातावरण मैत्री पनि हुने युवालाई स्वदेशमै स्वरोजगार बनाउन पनि सकिने युवाहरु विदेश जान पनि नपर्ने रहेको हुँदा यसतर्फ तिनै तहका सरकारका साथसाथै जनताको समेत ध्यान जान सकाेस कार्यक्रमकाे सफलताको शुभकामना समेत व्यक्त गर्नु भयाे ।
कार्यक्रममा बैझनाथपुर सिकाइ केन्द्रका अध्यक्ष रोसन बन्जारा,संस्थाका सल्लाहकार सुभाषचन्द्र रेग्मी,घिनाघाट पञ्चकन्या टोलविकास संस्थाका अध्यक्ष भानु कोइराला,नमुना टोलविकास संस्थाका अध्यक्ष रमेश खनाल, एक्रेस एकिडेमियाका सदस्यहरु सुमन बन्जारा, स्वीकृति नेपाल,हेलिन पोखरेल लगायतको स्थानीय सर्वसाधारणकाे सहभागिता रहेको थियो । कार्यक्रममा सो संस्थाले तयार पारेको प्रतिवेदन सांसद चौधरी र वडाध्यक्ष घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।