विराटनगर / प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष भइन् ।
विराटनगरमा आज सम्पन्न ९ औं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत भएका हुन् ।
सदस्यहरुमा निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा र सुमना भट्टराई रहेका छन् ।
जिल्ला अधिवेशनले आगामी माघ ३० गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेश परिषद् सदस्य र फागुन २५–२७ सम्म विराटनगरमा हुने १० औं महाधिवेशनका लागि केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ ।