विराटनगर १२ माघ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनका अवसरमा आज अरुण खवरका प्रधानसम्पादक विष्टलाई नगद २१ हजार राशी सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको हो ।

प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका विष्टलाई प्रेस चौतारी मोरङले यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारबाट यसअघि बरिष्ठ पत्रकारहरु यज्ञ शर्मा, लीलाराज भट्टराई, रमेशचन्द्र अधिकारी पुरस्कृत भईसक्नु भएको छ । प्रेस चौतारी मोरङले बार्षिक रुपमा कोशी प्रदेश कार्यक्षेत्र भएका पत्रकारहरुलाई सम्मानित गर्दै आएको छ ।

प्रेस चौतारीले हरेक वर्ष शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार सहित जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया