महेश भट्टराई /  काठमाण्डू  :  प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी पुरस्कृत भएका छन् ।

 

रेडियो नेपालकर्मी मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत भएका पत्रकार मुडियारी रेडियो नेपालमा कार्यरत छन् ।  उनलाई ग्रामीण पत्रकारितामा लामो समय देखी सक्रिय रहेर पत्रकारिता गरिरहेका र ग्रामीण क्षेत्र, स्थानीय  समाचारहरूलाई प्राथमिकताका साथ प्रकाशन, संम्प्रेषणमा  योगदान  पुर्याएकोले उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ्ग, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कुलबहादुर साम्बा (कुशल), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 ‘‘ मुडियारीले लामो समय देखि ग्रामीण क्षेत्रका जल्दा बल्दा समाचारहरूलाई प्राथमिकताका साथ प्रकाशन, संम्प्रेषणमा  योगदान पुरियाउँदैं आएका थिए । ’’

 

यस्तै प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित पाँच जना पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पूर्व अध्यक्षहरु अमृत कुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र गोकुल पराजुलीलाई सम्मान गरेको हो ।

प्रेस सेन्टर नेपाल मोरङ तत्कालीन क्रान्तिकारी पत्रकार संघको पूर्वअध्यक्षको भूमिका निर्वाह गरेर संगठन निर्माण, विकास र विस्तारमा योगदान पुर्याएको भन्दै पूर्वअध्यक्षहरुलाई  विहिवार सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया