-जेनिसा गाैत्तम
बिछोडको माया
तिम्रो यादहरु मेरो जिन्दगीमा
एकनास आकाशमा एकनास उडिरहेका चराहरू जस्ता
छन।
मेरी इन्द्रियहरुले पटक पटक
बिचलित भइरहेका छन् ।
ति सम्झनाहरु सानो भन्दा सानो कुराले कहिले दुखी त कहिले सुखी बनाई रहेका छन्। के अब हाम्रो भेट हुन्छ त ?
माया फेरी पहिलाको जस्तै प्रगण हुन्छ त ?
मलाई थाहा छ, केही पनी स्थाई छैन तिमीलाई मैले सम्झेको कुनै मूल्य छैन
यो त केबल स्वार्थपरताको उधारण मात्र हो ! यो त एउटा माया ममताको मोहको भाव मात्र हो । के तिमी निस्वार्थ माया गर्ने सक्छौ त ?
के प्रेमको उधारण बन्न सक्छौ त ?
हरेक पटक सुस्केरा हालेर म मेरो पिडीमा बस हरेक विहानी तिमीलाई बिर्सने कोशिरा गर्छु। तिमीले दिएको झुठो तृष्णाको पछाडी दौडेर आफ्नो जिबनको क्यौ सुखहरु बन्चित गर्छ तिमीलाई कुरेको वर्षो भएको छ
तिम्रो याद मुटुको कुनामा सुस्म भएर बसेको छ के तिमीले आफ्नो बाचा पूरा गर्ने सक्छौ र ? त्यो माया फेरी दिन सक्छौ र ?
मैले शुभ सच्चे, शुभ गर्ने
शुभको सम्भावनालाई आफ्नो
कल्पनाको क्षेत्रमा विचरण गर्ने दिएको छ ।
तिमी आउछौ भन्ने आशा
विचिल्लीत हुन दिएको कती पनी छैन
तिमी संगको पलहरू मेरो कती पनि म बाट पर गएको
छैन ।
बिहानीको किरण संग मेरो दैलो मा तिम्रो पाईला हुन्छ त ? रात्रीको शुभसामा सुस्म मेरो सपनीमा तिमी आउछौ त ?
म शाहसी नारी हुन कोशीस गर्दैछु
सुखी ती मानिसहरुको माया प्रेम देखेर
आफूपनी सम्मानयुक्त जीवन विताउने कासीस गर्दैछु ।
हारेको नारी हु म प्रेम संग माया संग त्यो समृद्ध नारीहरू
बिच रमाउने कोसेस गर्दैछु
तिमी आउँदैनौ थाहा छ
मेरो याद तिमी संग जिवित रहने छ
तिमीलाई मेरो प्रश्न छ ।
धोका दिनु एउटा पुरुषको साहस हो र ?
स्वार्थी जिवन बिताउनु तिम्रो बानी हो र ?