काठमाण्डौ । विश्वको जुनसुकै कुना कन्दरामा पुगेता पनि आफ्नो पन र आफ्नो माटोलाई भुल्न कहाँ सकिन्छ र, हरेक क्षेण स्वदेश र घरपरिवारको झझल्कोले जो केहीलाई सताउने गर्दछ । सायद गायिका कुमारी लामालाई पनि यस्तै भएछ क्यारे । उनले यी सबै याद भुलाउँन गीत संगीतको साथ् लिएकी छिन् । कुमारी अहिले कुवेतमा छिन् । उनको स्थायी घर मकवानपुर जिल्ला फाखेल गाउँपालिका वडा नम्बर ५ हो ।

अहिले कुमारीले भर्खरै मात्र “हाम्रो मायाँ” बोलको गीत सार्वजनिक गरेकी छिन् । उनको पहिलो प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतमा राम स्याङ्गतान र कुमारी लामाको सुमधुर स्वर सुन्न सकिन्छ । आर,के मिलनद्वारा संगीत संयोजन भएको गीतलाई लय गायक स्वयम् राम स्याङ्गतानले भरेका हुन् भने शब्द अर्की गायिका रिता लामाले लेखेकी छिन् ।

गीत निकै रोमान्चक स्वादमा तयार भएको छ । गीतको भाव जस्तै म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा रामकुमार खतिवडा, सन्ध्या सानु र सुभन लामाको अभिनय देख्न सकिन्छ भिडियोलाई निर्देशन मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन बिशाल गोंबा र सम्पादन रोशन धितालले गरेका छन् । यस गीतलाई राम स्याङ्गतान युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया