न्यूर्योक, अमेरिका – साहित्यकार मालिका केशरी अमेरिकामा सम्मानित भएका छन् । तिब्बती शरणार्थीको कथामा आधारित ‘दुङाल’ का लेखकलाई जम्पालिङ तिब्बतीयन शरणार्थी क्याप्प स्थापनाको पचास बर्ष पुगेको अवसरमा नर्थ अमेरिका जाम्पालिङ एसोसेसनको आयोजनामा न्यूर्योकमा एक कार्यक्रमका विच सम्मान गरिएको हो ।

सोही कार्यक्रमा जम्पालिङ स्कूलका पूर्व शिक्षक आनन्द श्रेष्ठलाई सम्मान गरिएको थियो । मालिका केशरीको उपन्यास ‘दुङाल’ तिब्बती शरणार्थीको कथामा आधारित छ । लेखक केशरीले दुङाल उपन्यास अँग्रेजी संस्करणमा चाँडै नै प्रकाशन हुन लागेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बेल्दै नर्थ अमेरिका जाम्पालिङ एसोसेसनका अध्यक्ष टासी डोन्डुपले भन्नुभयो, हामी र हाम्रा पुर्खा जीवन खेज्दै आयौ । त्यो अब्ठेरो अवस्थामा नेपाल सरकार र नेपालीले जुन बाँच्ने आधार प्रदन ग¥र्यो त्यसलाई कहिल्यै भूल्न सकिदैन । हामी जहाँ भएपनि हाम्रो क्याम्प र नेपाललाई सदा माया गरिरहन्छौ ।
लेखक केशरीले पुस्तक लेखन स्मरण गर्दै भन्नुभयो, दुङाल तयार पार्दै गर्दा थाहाभयो करिब दुई दशकदेखि नेपाल सरकारले शरणार्थीलाई दिने शरणार्थी परिचय पत्र रोकेको छ । यात्रा अनुमति पत्र प्रदान नगरीदिँदा वा गरिहाले पनि अत्यन्त छोटो अवधिको यात्रा अनुमति पत्र प्रदान गर्नाले क्याम्पा नै खुम्चेर बस्नु परेको अवस्था छ । साथै हालका दिनमा शरणार्थी क्याम्पमा जन्मिएका बच्चाहरुको जन्म दर्ता स्वरुप निस्सा प्रदान गर्दै आएकोमा सो कार्य पनि रोकिएको सुन्नमा आएको छ । उक्त बच्चा देश बिहिन त छँदै थियो कागजी परिचय बिहिन बनाइनु दुखद् विषय हो । आफ्नो भूमिमा जन्मेका बच्चाहरुको बाँच्नको लागि चाहिने न्यूनतम आधार प्रदान गर्नु नेपाल सरकारको कर्तव्य पनि हो र यसबाट यो या त्यो कुनै पनि बहानामा सरकार पन्छन हुँदैन ।

सन् १९५९ मा चीनले तिब्बतलाई कब्जामा लिएपछि उत्पन्न परिस्थितिमा ज्यान जोगाउन शरण खोज्दै नेपाल र भारतमा ठूलो संख्यामा तिब्बतीहरुको प्रवेश भएको थियो । यसरी शरण खोज्दै नेपाल आएका तिब्बतीलाई तत्कालिन नेपाल सरकारले तनहुँको शुक्ला गण्डकी, कास्कीको पोखरा, काठमाण्डौ लगाएत देशको बिभिन्न बाह्र ठाउँमा शरणार्थी क्याम्पको स्थपाना गरेर उनिहरुलाई बसोबासको व्यवस्था गरेको थियो । तिनै क्यापहरु मध्ये तनहुँको जम्पालिङ क्याप स्थपापनाको पचास वर्ष पुगेको हो ।उक्त कार्यक्रमा नेपाल र नेपालीलाई धन्यवाद दिइएको गीत ‘धन्यवाद नेपाल, धन्यवाद नेपाली’ को प्रोमो सार्वजनिक गरिएको थियो । उक्त गीत सोही क्यापमा नै जन्मेका हिसी वाङ्दी सृजना गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया