काठमाडौँ । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक गरिएको छ ।शिव संगम राईको शब्द तथा संगीतमा रहेको गीतमा पुर्वेली लोक सस्कार र सस्कृतिलाई समेटिएको छ । ग्रामीण परिवेशमा रहेको जिवनलाई आकर्षक ढंग मार्फत गीतका भावमा शब्दहरु व्यक्त गरिएको छ । आफनो घर आगँन र मौलिक लोक सस्कृतिका विभिन्न पक्षलाई समेटिएका कारणले एक उत्कृष्ट गीत बनेको गायक शिव संगमको दावी छ । गीतलाई सुन्दर लामाले एरेन्ज गरेका हुन । योगेश दाहालको छायाँकन , विकास दाहालको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका निर्देशक जस बहादुर याक्खा जसुको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । दुरेन योङहाङ लिम्बु र विमला खाजुम लिम्बुको जिवन्त अभिनय देख्न सकिन्छ ।
भिडियो ः