विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ गतेदेखि औद्योगिक एवम् व्यापारिक महोत्सव विराट एक्स्पो–२०२५ हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री कलेजको खेल मैदानमा आठौं संस्करणको विराट एक्स्पो हुने भएको हो । करिब दुई करोड लगानीमा खरिद गरिएको तीनवटा ‘डोम’ प्रयोग गरेर एक्स्पो आयोजना हुने उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । उसले एक्स्पोको तयारीसमेत तीव्रस्तरमा थालिएको जनाएको समेत सो अवसरमा जानकारी दिए ।

उद्योग संगठन मोरङले पहिलोपटक एक्स्पोमा डोमको उपयोग गर्न लागेको र स्थानिय साथै अन्तराष्ट्रिय उत्पादन साथै विभिन्न प्रकारका स्टलहरुको व्यावस्था गरिएको समेत सो अवसरमा जानकारी दिइएको थियो । । एक्स्पो सञ्चालनका लागि करिब ३ करोड खर्च हुने अनुमान गरिएको बताउँदै सुरानाले नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताए । एक्स्पोमा स्टार्टअफ कन्फ्रेन्स, रोजगार कोशी, इनर्जी इफिसियन्सी, ‘मेरो देश, मेरो उत्पादन’लगायत कार्यक्रम समावेश गरिएको छ उनले भने ।

‘डिजिटल कोशी बिल्डिङ इनोभेसन एन्ड इन्भेस्टमेन्ट’ नाराका साथ सञ्चालन हुने एक्स्पोमा दुई सय ६८ वटा स्टलहरु रहने समेत समावेश गरिएको र आगामी विगतको समयको भन्दा भव्य रुपमा यसपालीको एक्स्पो रहने उनले बताए । एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीको १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथुनको १२ वटा, रोजगार कोशीका लागि १२ वटा, व्यावसायिक सेवा प्रदायकको ४० वटा, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट र कृषिका ७५ वटा स्टल रहनेछन् । एक्स्पोमा रोजगारीका लागि तालिम पनि दिने बताइएको भएको छ । एक्स्पो भ्रमण गर्नका लागी निशुल्क वस को समेत व्यावस्था गरिएको उनले बताए । एतिहासिक औद्योगिक सहरमा एक्स्पो लगाउदा स्थानिय उत्पादन र उपभोक्तामा समेत वस्तु तथा सेवामा प्रभावकारी रुपमा सहयोग पुग्ने सो अवसरमा जानकारी दिइयो । एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।

तपाईको प्रतिक्रिया