- दिलकुमार घमाल

दिलकुमार घमाल
समय
यो अनमोल र अनन्त धन हो
जसलाई हामीले पाउँछौं र गुमाउँछौं
यो नदीको पानी जस्तै हो
एक पल पनि रोकिँदैन
जसरी नदी आफ्नो बहावसँग बग्न थाल्छ
र बगेर गएको पानी कहिल्यै फर्किदैन
त्यसरी नै समय पनि एकपल
आउँछ र कहिल्यै नफर्किने गरी जान्छ

समयको महत्व तब बुझिन्छ
जब हामी बुझ्न थाल्छौं कि यसलाई
हामी रोक्न सक्दैनौं, केवल प्रयोग गर्न सक्छौं

जीवनको साँचो अर्थ भनेको समयसँग सम्बन्ध राख्नु हो
समयसँग हामी जीवनका पलहरू बनाउँछौं
हरेक निर्णय र क्रियाकलापले हाम्रो भविष्य निर्माण गर्छ
समयको प्रवाहसँगै हामी आफ्नो लक्ष्यतर्फ बढ्दछौं
समयले हामीलाई अनगिन्ति सन्देश दिन्छ
जीवनका सुख–दुख, सफलता–असफलता
सबैलाई समयले आफ्नो पाठका रूपमा प्रस्तुत गर्छ

समयको सदुपयोग गरौं
ताकि हामी आफ्नो सपना पूरा गर्न सकौं
हामीले यसलाई व्यर्थ नगरी
हरेक क्षणलाई सार्थक बनाउन सकेमा
तब हाम्रो जीवन साँच्चै सफल र पूर्ण हुनेछ
समयलाई सम्मान गर्नुपर्छ
समयलाई हरपल उपयोग गर्नु भनेको
जीवनको वास्तविक मार्गमा यात्रा गर्नु हो

जसरी युगौंदेखि बगिरहेको नदीले
हजारौंको सपना बगाएर लगेको छ
समयलाई नचिन्ने हजारौंको भविष्य
अन्धकार बनाएको छ
जसले समयलाई चिनेको छ
उसको जिन्दगी पूर्णिमाको जूनझैं टल्किएको छ

तपाईको प्रतिक्रिया