काठमाडौं, २१ पुस । आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ ।
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेको छ ।
आज ५.३२ अङ्कले बढेको नेप्से २५९१.५६ बिन्दुमा पुगेर रोकिएको छ ।
आइतबार कारोबारमा आएकामध्ये १४१ ओटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ ओटाको सेयर मूल्य ओरालो लागेको छ । यसैगरी ८ ओटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
आज ३२७ ओटा कम्पनिको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ६१ हजार १६७ पटकमा कारोबार भएको छ । त्यस्तै, आजको सेयर कारोबार रकम भने ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ कायम हुन पुगेको छ ।
साथै, बजार पुँजीकरण रकम भने ४२ खर्ब ९८ अर्ब ६१ करोड कायम भएको नेप्सेले जनाएको छ।