जनकपुर– सर्लाहीको रमानगर–५, बैजनाथमा गएराति प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपमा प्रहरीले ५ राउन्ड गोली चलाएको थियो।

मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराका अनुसार शनिवार साँझ बैजनाथमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाको टोलीले मापसे चेकिङ गरेको थियो। चेकजाँचमा परेका युवाहरुले झगडा गर्न थालेपछि अवस्था असमान्य बनेको थियो।

त्यस लगत्तै आफैं मापसे गरेका वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाभन्दा वढि ब्यक्ति प्रहरी चौकी घेरा हाल्न पुगेका थिए। उनीहरुले प्रहरीलाई लक्षित गर्दै ढुङ्गामुढा गरे। प्रहरीको गाडीमा पनि आक्रमण भएपछि प्रहरीले ५ राउन्ड गोली चलाइएको थियो।

घटनामा केही स्थानीयसहित एकजना प्रहरी घाइते भएका छन्। प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेकाले उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया