‘हामी र हाम्रो कृति समाज’ले आज २०८१ पौष २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तरगत संस्थाका संस्थापक सदस्य विष्णु थापा ‘बिछोड’को दोस्रो कृति “नीलो माइक्रोजस्तो नदी” कवितासङ्ग्रह संस्थाको १८ औँ कृतिको रूपमा लोकार्पण भएको छ ।
हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीज्यू, विशिष्ट अतिथिको आसनमा प्राज्ञ सदस्य तथा सामाजिक शास्त्र विभागक प्रमुख डा. कौशिला रिसालज्यू, वरिष्ठ साहित्यकार एवं लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाज्यू, वरिष्ठ समालोचक प्रा.डा. गोबिन्द मानसिंह कार्कीज्यू, वरिष्ठ कवि तथा शब्दघर प्रकाशनका सम्पादक प्रोल्लास सिन्धुलीयज्यू, लोकार्पित कृति नीलो माइक्रोजस्तो नदीका समीक्षक प्राध्यापक, साहित्यकार एवं समालोचक विनोद मन्जनज्यू, वरिष्ठ साहित्यकार एवं तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ ‘शैलेन्द्र’ज्यू, वरिष्ठ गीतकार वी.वी. थापाज्यू, कागेश्वरी पुस्तकालय आलापोटका अध्यक्ष कुमार खड्काज्यू र विमोचित कृतिका कृतिकार विष्णु थापा ‘बिछोड’ज्यू लगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीज्यूले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमको संचालन कवि सुशीला खड्का ‘हसिना’ज्यूले बडो सुन्दर तरिकाले गर्नु भएको थियो । आज विमोचित कृतिमा ४८ वटा कविताहरू छन् । हरेक कविताका पङ्तीहरूलाई न्याय हुनेगरी लोकार्पित कृतिका समीक्षक प्राध्यापक, साहित्यकार तथा समालोचक- विनोद मन्जनज्यूले बडो उत्कृष्ट तरिकाले व्याख्या र विश्लेषण गर्नू भएको थियो । करिब ७० जना साहित्यकारज्यूहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरूमध्यबाट कवि राधा दुलाल कार्की र कवि भुवन सिवाकोटीज्यूले विमोचित कृतिबाट कविता वाचन गर्नुभएको थियो भने प्रा.डा. राम प्रसाद ज्ञवाली, डा. कौशिला रिसाल, विजयध्वज थापा, रामेश्वर श्रेष्ठ ‘शैलेन्द्र’, प्रोल्लास सिन्धुलीय, प्रा.डा. गोविन्दमान सिंह कार्कीज्यूहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया