विराटनगर २० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित हुनु भएको छ ।
विराटनगरमा सम्पन्न १६ औं जिल्ला अधिवेशनमा निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र सुवेदीलाई १७ मतले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको हो । गएराती सम्पन्न अन्तिम मतपरिणाम अनुसार वस्नेतले १०७ मत ल्याउनु भयो भने सुवेदीले ९३ मत प्राप्त गर्नु भएको थियो ।
प्याब्सन मोरङको बरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी निर्वाचित हुनुभयो । उहाँले १०६ मत ल्याउनु भयो । उपाध्यक्षमा विष्णु डंगोलले १०४, सचिवमा देवी सिटौलाले १०६ मत ल्याएर निर्वाचित हुनुभयो ।
कोषाध्यक्षमा मणिराज भट्टराई र नगेन्द्र प्रसाद ढकालले बराबर १०१-१०१ मत ल्याएपछि गोलाप्रथाबाट भट्टराई निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । सहसचिवमा दिपेन्द्र राईले १०९, सहकोषाध्यक्षमा केदार पौडेलले १२२ मत ल्याएर निर्वाचित हुनु भएको छ ।
जिल्ला सदस्यहरुमा महेन्द्र मण्डल, नरेन्द्र मण्डल , तेजबहादुर खत्री, रुद्र थापा, इन्द्रकुमार राई, हिराबहादुर मगर र तिलक राई निर्वाचित हुनु भएको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचनमा बस्नेत र सुबेदीले प्यानल बनाएरै प्रतिष्पर्धा गरेका थिए । बस्नेत एमाले निकट र सुवेदी कांग्रेस निकट हुन ।