काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा एपिएफ र गल्कोटबीचको खेल स्थगित भएको छ। हिजो भएको खेलमा चौथो सेटको प्रतिस्पर्धा हुँदै गर्दा स्थगित भएको हो ।

खेलमा गल्कोटले २–१ को अग्रता लिएको थियो । स्थगित भएको खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिने भएको छ ।

यसअघि हिजोको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई हराएको छ भने दोस्रोमा मणिमुकुन्द भलिबल क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेको थियो ।

प्रतियोगितामा आज आयोजक मदन भण्डारी एकेडेमी र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र खेल्दैछन् ।

तपाईको प्रतिक्रिया