काठमाडौं ।  गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वरमा ‘तिम्रो झझल्को’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । गीतमा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर रहेको छ ।

राजेन्द्र श्रेष्ठको संगीत संयोजनले सजिएको गीतलाई मिक्सिङ र मास्टरिङ भने नरेश पाण्डेले गरेका छन् । सारेगम स्टुडियो, सामाखुसीमा रेकर्ड भएको उक्त गीतको भिडियोमा विजय गुरुङ र नेहा गौतमको जीवन्त अभिनय देख्छन सकिन्छ । भिडियोको निर्देशन भने विजय गुरुङले गरेका छन् ।

सिनेमा अटोग्राफ र ड्रोनमा प्रकाश खड्काको भूमिका रहेको छ । भिडियोको कलरिङ र सम्पादन मिलन विश्वकर्माको रहेको छ भने कलाकारलाई कविता तोलाङ्गीले आफ्‌नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।

करिब सात दर्जन भन्दा बढि गीतमा आफ्‌नो सुमधुर स्वर भरिसकेकी तृप्ति हर किसिमको गीत, गजल, भजन गाउन सक्ने क्षमता भएकी भर्सटाइल गायिका तथा संगीतकार हुन् । उनले रामकृष्ण ढकाल संगको सहकार्यमा ज्ञानेन्द्र क्षेत्रीको शब्द र आफ्‌नै संगीतमा ‘छ माया छपक्कै’ र उदित नारायण झा संगको सहकार्यमा विजय गुरुङको संगीत तथा हरि उप्रतीको शब्दमा ‘सारङ्गीको र्‍याइर्‍याई’ बोलको गीत चाडै नै बजारमा ल्याउने तयारी गरिरहेकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया