काठमाडौं । नेपाल स्रष्टा समाजले मंगलबार राजधानीमा आयोजित भव्य कार्यक्रममा समाजले आफ्नो स्थापना दिवस स्रष्टा सम्मान अर्पण गर्दै मनाएको छ ।
समाजद्धारा बृहद कार्यक्रमका बीच नगद २१हजार १ सय ११ सहितको सुभद्रा – विश्वराज स्रष्टा सम्मान-२०८१, वरिष्ठ संस्कृतिविद तथा साहित्यकार आर.डी.प्रभास चटौत तथा नगद रु.१५ हजार एक सय रुपैयाँ राशी सहितको कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई समर्पण गरियो ।
नेपाली संस्कृति र साहित्यको क्षेत्रमा योगदान गरेवापत चटौतलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजेन्द्र बिमल तथा पुरस्कारका संस्थापक साहित्यकार विधान आचार्यले उक्त सम्मान समर्पण गरे । यसैगरी सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरेवापत उक्त सम्मान प्रमुख अतिथि डा.बिमल तथा सम्मानका संस्थापक साहित्यकार चेतनाथ कँडेलले समर्पण गरे ।
कवि मनोज भण्डारी नेपाल संस्कृत विश्वविद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्णपदक विजेता पनि हुुन् । सपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्य गरेका भण्डारी हाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक पदमा कार्यरत छन् । परमानन्द प्रज्ञा पुरस्कार,अर्पण छन्द प्रतिभा पुरस्कार लगायत थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका भण्डारीले बनारसबाट संस्कृत विभुषण र नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘ग’उपाधि प्राप्त गरेका छन् । छन्द कवितामा उत्कृष्ट देखिएका भण्डारीका ‘ईश्वरलाई चिठी’ कवितासँग्रह प्रकाशित छ ।
यसैगरी आर.डीप्रभास चटौत नेपाली,अँग्रेजी,हिन्दी साहित्यका ज्ञाता,सम्पादक,ज्योतिषशास्त्रमा समेत दखल भएका, प्राध्यापन,विभिन्न साहित्यिक संघसँस्थामा क्रियाशिल नेपालका विभिन्न प्रशासनिक पदमा समेत बसेर कार्य गरेका,दर्जनौ पदक,पुरस्कार र सम्मानद्धारा सम्मानित झण्डै तीन दर्जन विभिन्न कृतिका कृतिकार हुन् ।
कार्यक्रममा प्रमुख अतिथि डा.बिमलले ‘दुबो जस्तो मान्छेलाई महापुरुषमा ल्याएर चढाइदिनुभयो’ भन्दै दर्शनसँग साहित्यलाई जोडेका थिए । उनले विश्व साहित्यमा नेपाली साहित्यलाई लैजान सबैले चिन्तन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सम्मानित स्रष्टाद्धयको बारेमा समाजकी कार्यसमिति सदस्य तथा समालोचक डा.शान्तिमाया गिरीले चर्चा गरिन् ।
यसैगरी सम्मानित स्रष्टा आर.डी.प्रभासले सुदुर पश्चिमको भाषा
अर्का सम्मानित व्यक्तित्व भण्डारीले पुरस्कार आफुलाई गह्रुँगो लागेको भन्दै भण्डारीले आफ्ना दुई राष्ट्रभक्तिभावका शक्तिशाली कविताहरु ‘देवनारायण यादव उवाच’ र ‘प्यारो छ नेपाल यो’ छन्द कविता सुनाए ।
यस अघि प्रमुख अतिथिले पानसमा द्धीप प्रज्ज्वलित गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गत वर्ष समाजले ३१ वटा कार्यक्रम गर्न सफल भएको स्मरण गर्दै समाजका सम्पूर्ण सदस्यहरुको सहयोगमा यो सम्भव भएको धारणा व्यक्त गरे । सम्मानित व्यक्ति मात्र सम्मान हुने नभएर विधा नै सम्मान हुने अनुभूति सबैलाई हुने गरी आफुहरुले परम्परा बसाल्न खोजेको बताए ।
साहित्यमाथि बोल्दै आफुलाई सम्मानयोग्य ठानेर सम्मान गरेकोमा समाजप्रति आभार व्यक्त गरे । उनले सुदूरपश्चिम लोककला, लोकसंस्कृति र लोकसाहित्यमा सम्पन्न रहेको उल्लेख गरे।
अर्का सम्मानित व्यक्तित्व भण्डारीले पुरस्कार आफुलाई गह्रुँगो लागेको भन्दै भण्डारीले आफ्ना दुई राष्ट्रभक्तिभावका शक्तिशाली कविताहरु ‘देवनारायण यादव उवाच’ र ‘प्यारो छ नेपाल यो’ छन्द कविता सुनाए ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक,सल्लाहकार तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा पुरस्कारहरुका संस्थापक विधान आचार्य र चेतनाथ कँडेल हरितले पनि आफ्नो मन्तब्य व्यक्त गरे ।
महासचिव देविका तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष डा.सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।