इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शङ्कास्पद बस्तु फेला परेको छ।

उपमहानगर पालिकाको गेट अगाडि कालो झोलामा तार सहितको शङ्कास्पद बस्तु फेला परेको हो। पालिकाको कार्यालय परिसर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ।

सम्वेदनशिल स्थानमा शंकास्पद वस्तु फेला परेपछि अहिले नेपाली सेनाले घेरा हालेको छ। शङ्कास्पद बस्तु डिस्पोजल गर्न सेनाको टोली आएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया